बाराका बिरेन्द्र बासकोटा भए मलेसिया रिटर्नी समाजको प्रदेश संयोजक
ए वान डेस्क /
नेपाल मलेसिया रिटर्नी समाजको प्रथम राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न भएको छ । भेलाले समाजको लागी ७ वटै प्रदेशमा संयोजक चयन गरेको छ । जस अनुरुप प्रदेश नम्बर २ को संयोजकमा बाराका बिरेन्द्र बासकोटा चयन हुनुभएको छ ।
सिमरा निवासी बासकोटाको संयोजकत्वमा प्रदेश नम्बर २ मा २१ सदस्य कमिटि चयन भएको हो । प्रदेश कमिटिमा सबै समुदायलाई समेटिएको संयोजक बासकोटाले ए वान समाचारलाई जानकारी दिनुभयो ।
बासकोटाका अनुसार समाजले मलेसियामा रहेको नेपालीहरुलाई समन्वय गर्ने काम गर्नेछ । कार्यक्रम राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।















