सिमरामा जगदम्बाले २३० जना बिद्यार्थीलाई जाडो पोशाक बाड्यो

ए वान डेस्क
१८ पुष २०७५, बुधबार १७:२१

ए वान डेस्क  /

बाराको सिमरामा रहेको जगदम्बा स्टिल प्रा.लिले आज नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय सिमरालाई जाडो पोशाक वितरण गरेको छ । बिद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच जगदम्बा प्रा.लिका कार्यकारी निर्देशक पवन बाबु गुप्ताले प्राचार्य संखर आचार्यलाई पोशाक वितरण गर्नुभएको हो ।

बढ््दै गएको जाडोलाई मध्यनजर गर्दे बिद्यालयमा अध्यनरत्त २३० जना बिद्यार्थीलाई पुग्ने गरी आज जाडो पोशाक वितरण गरिएको जगदम्बा मजदुर युनियनका अध्यक्ष दिपक बिकले जानकारी दिनुभयो । जगदम्बाबाट प्राप्त पोशाक कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई प्रदान गरिएको बिद्यालयका प्राचार्य संखर आचार्यले बताउनुभयो ।

पोशाक वितरण कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, सिमरा कलेजका सहायक कलेज प्रमुख अच्युतदेव सिटौला, जगदम्बा स्टिलका कुमुद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*