हरिदेव खरेल भए प्याब्सन बाराको अध्यक्ष

ए वान डेस्क
२२ पुष २०७५, आईतवार १७:००

ए वान डेस्क /

निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) बाराको अध्यक्षमा हरिदेव खरेल चयन हुनुभएको छ । बाराको सदरमुकाम कलैयामा सम्पन्न प्याब्सनको चौथो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा ९ सदस्यिय नया कार्यसमिति चयन गरेको हो ।

खरेल जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १६ मा रहेको बारा एकेडेमीका सञ्चालक हुनुहुन्छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा प्रतिमा यादव, सचिबमा अरुण खनाल, सहसचिबमा अनिमेश श्रेष्ठ, कोषाध्यक्षमा विजय पटेल लगायत सदस्यहरुमा चुमन केवट, कलामुद्दिन मदनी, जुल्फिकर अलि आलम र रविकुमार साह चयन हुनुभएको छ ।

प्याब्सन बाराका निवर्तमान अध्यक्ष राजमहम्मद रायको अध्यक्षता तथा प्रधामन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*