वडा कार्यालयद्धारा अमलेखगञ्जमा जाडो पोशाक वितरण

ए वान डेस्क
२७ पुष २०७५, शुक्रबार १७:०५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २१ मा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा अध्यनरत्त १४० जना बिद्यार्थीलाई आज जाडो पोशाक वितरण गरिएको छ । बिद्यालय परिषरमा आज आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर २१ को वडा कार्यालयले बिद्यालयमा अध्यनरत्त १४० जना बिद्यार्थीलाई जाडो पोशाक वितरण गरेको हो ।

जाडो पोशाक वितरण कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले शिक्षाको गुणस्तर बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाले बिद्यालयको भौतिक पुर्वाधार विकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ्ग, नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल श्रेष्ठ, वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिद्यार्थीहरुलाई जाडो पोशाक वितरण गरिएको वडा नम्बर २१ का वडा अध्यक्ष ठकुरीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*