बारामा संयुक्त राष्ट्रवादी मोचाले मनायो पृथ्वीनारायण शाहको जन्म जयन्ती
ए वान डेस्क /
संयुक्त राष्ट्रवादी मोर्चा बाराले पृथ्वीनारायण शाहको २९७औं जन्म जयन्तीको अवसरमा आज र्याली सहित झाँकी प्रदर्शन गरेको छ । अध्यक्ष असर्फीलाल साहको नेतृत्वमा मोर्चाले आज कलैयाको रामजानकी मन्दिर परिसरबाट र्याली सहित झाँकी प्रदर्शन गरेको हो ।
राजा आउँ देश बचाउँ लगायत बिभिन्न नारा अंकित प्लेकार्डसहित मन्दिर परिसरबाट निस्किएको र्यालीले नगर परिक्रमा गरेको थियो । नगर परिक्रमापछि आयोजित कोणसभामा बोल्दै सहभागिहरुले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा गर्नुभएको योगदानको चर्चा गरेका थिए ।
र्यालीमा मोर्चा बाराका अयोध्या प्रसाद साह, सावित्री देवी कलवार, अरबिन्द प्रधान, गुलिया देवी, रमेश अग्रवाल, गोपालदास बैरागी, मनमोहन यादव, मुनीलाल साह, उमेश ठाकुर लगायतको सहभागिता रहेको थियो ।















