डुमरवाना साना किसान : संस्थामा जम्मा हुनुपर्ने सेयर सदस्यहरु पिक्निक पार्क पुगेपछि ….

ए वान डेस्क
२८ पुष २०७५, शनिबार १७:३१

प्रदिप गौतम /

लामो बिबादपछि अस्थायी इजालस विरगञ्जले साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको साधारणसभा गर्न भन्यो । त्यो मिति भनेको पुष २८ गते अर्थात आजको दिन थियो । अदालतले आज साधारणसभा गर्न एक साताअघि नै आदेश दिएपनि हुने/नहुनेमा धेरैले शंका गरिरहेका थिए ।

बिबाद त कायमनै थियो, त्यसामाथि पनि छोटो समयमा साधारणसभा गर्न सम्भव नै थिएन् । त्यो कुरा सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि प्रष्टै थाहा थियौ । त्यसमाथि संस्थाभित्रको बिबाद झन–झन बढ्दै थियो । यो बिचमा पुष २५ गते सञ्चालक समितिको बैठक बस्यो ।

बैठकले साना किसान सहकारीको साधारणसभा फागुन महिना भित्र गर्ने निर्णय गर्यो । तर बिड्म्बना साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारणसभा पुष २८ गतेनै हुने भनि डुमरवाना सहकारी अन्र्तगतको सिमरा सेवा केन्द्रले मातहतका अन्तर समुहका सेयर सदस्यहरुलाई खबर गर्यो । तर डुमरवाना सञ्चालक समितिको बैठकले २५ गते बैठक बसेर फागुन महिनाभित्र साधारणसभा गर्ने भनि निर्णय गरेको कुरा सिमरा सेवा केन्द्रलाई जानकारी रहेनछ ।

ए वान समाचारसंग कुरागर्दे सिमरा सेवा केन्द्रकी प्रमुख कमला अधिकारीले साधारणसभा स्थगित भएको सुचनासहतिको आधिकारीक पत्र आफुहरुलाई हिजो मात्र प्राप्त भएको बताउनुभयो । हिजो मात्र सुचना पाएपछि अन्तर समुहका सेयर सदस्यहरुलाई एकै पटक स्थगित भएको सुचना दिन सिमरा सेवा केन्द्रलाई समेत ग्राहे भयो ।

सेयर सदस्यहरु पिक्निक पार्क किन पुगे ?

त्यसो त आज २८ गते साधारणसभा हुनुपर्ने दिन । तर संस्थामा जम्मा हुनुपर्ने सेयर सदस्यहरु आज बिहान पिक्निक पार्क पुगेको देखियो । साधारणसभा स्थगित भएको सुचना र सामाजिक सञ्जालमा आएका केहि भ्रामक मितिको बिषयमा सेयर सदस्यहरुलाई जानकारी गराउन आफुहरु पिक्निक पार्क भेला भएको सिमरा सेवा केन्द्रकी प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

सिमराको थानिमाई सामुदायिक बन उपभोक्ता समितिको पिक्निक पार्कमा जम्मा भएका सेयर सदस्यहरुले आन्तरीक बिबाद अन्त्य गर्न जोड दिए ।

ठुलो आरोप खेप्नुपर्यो : कमला अधिकारी

पिक्निक पार्कमा भेला भएमा महिलाहरुलाई साधारणसभा स्थगित हुनुको कारणबारे जानकारी गराउदै सिमरा सेवा केन्द्रकी प्रमुख कमला अधिकारीले केहि व्यक्तिबाट आफुले ठुलो आरोप खेप्नुपरेकोभन्दै दुखेसो पोख्नुभयो । ‘अहिलेसम्म म तपाईहरु जस्तै दिदि बहिनिको साथ र सहयोगबाट अघि बढिरहे, तर केहि व्यक्तिले मरो चरित्र हत्या गर्न खोजे’ अधिकारीले भन्नुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले कार्यालय प्रमुखका लागी ८औ तहको बिज्ञापनको सुचना जारी गरेपछि बिबाद शुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*