जीतपुरसिमरामा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते

ए वान डेस्क
२९ पुष २०७५, आईतवार १२:११

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन् । वडा नम्बर ३ स्थित बजनी चोकमा विरगञ्जबाट पथलैया आउदै गरको ना१ज ६५३२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा २ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ निवासी २३ बर्षका प्रकाश श्रेष्ठ र २१ बर्षका मनिस श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । प्रहरीका अनुसार म्याजिकको ठक्करबाट प्रकाशको खुट्टा फ्याक्चर भएको छ भने मनिसको टाउकोमा चोट लागेको छ ।

घाईते दुवै जनाको अनपाईन हस्पिटल सिमरामा उपचार भईरहेको छ । ठक्कर दिने म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*