करीब ५१ हजारले रोजे समायोजन

ए वान डेस्क
३० पुष २०७५, सोमबार १९:२१

कर्मचारी समायोजनका लागि फाराम भर्न समय दुई दिनमात्र रहँदा ५१ हजार ३२२ जनाले समायोजन रोजेका छन् । बुधबारसम्म समायोनजका लागि फाराम भर्ने अन्तिम समय सीमा तोकिएको छ ।

यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा सो सङ्ख्याले फाराम भरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो । अनलाइन फारामका २४ घण्टा नै खुला गरिएको छ । उहाँका अनुसार सङ्घमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन रोजेका छन् ।

कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी समायोजन गरिँदैछ । उहाँका अनुसार ७० हजार ३५७ अनलाइन फाराम भरेकामध्ये १९ हजार ३५ ले फाराम भरेपछि रोज्न बाँकी छ ।

सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*