दशौ सिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा
ए वान डेस्क /
रुस्लान दशौ सिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक नव जनजागृति युवा क्लब सिमराले आज पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको बताएको छ ।
सिमरा रंगशालामा हुने गोल्डकपको दशौं संस्करण भोलिदेखि शुरु हुदैछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेनछ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष काशिम मियाले प्रतियोगितामा ए डिभिजनको साविक बिजेता त्रिभुवन आर्मी क्लबसहित रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, आयोजक नव जनजागृति युवा क्लब सिमरा, बिशाल मेमोरियल फाउण्डेशन र मकवानपुर ११ को सहभागी रहने बताउनुभयो ।
प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगिता अन्र्तगत भोलि हुने उद्घाटन खेलमा आयोजक क्लब र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयमान खेलाडी चयन गर्न लागिएको महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।















