जनज्योतिको साकोसको १५ दिन : साधारणसभादेखि नया कार्यसमिति हुदै पत्रकार सम्मेलनसम्म
ए वान डेस्क /
निकै लामो आन्तरीक बिबादका बिच जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा रहेको जनज्योति बचत तथँ ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा पुष २१ गते गर्ने सहमति भयो । त्यस अनुरुप सबै जना पदाधिकारीहरु साधारणसभाको तयारीमा व्यस्त भए । २१ गते अर्थात साधारणसभाको दिनपनि आयो ।
शनिवार साधारणसभा भएरपनि होला संस्थाका अधिकासं सेयर सदस्यहरु त्यहा उपस्थित थिए । साधारणसभामा वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यहाका बिशिष्ठ अतिथि र अतिथिको रुपमा अन्य व्यक्तित्वहरु पनि उपस्थित थिए ।
क्रमशः वक्ताहरु बोल्न थाले । लगत्तै संस्थाले बिभिन्न बिधामा सम्मानपनि गर्यो । साधारणभाको पहिलो शत्र अर्थात उद्घाटन शत्र केहिबेरमै सम्पन्न भयो । त्यसको केहि समयपछि नै सेयर सदस्यहरुले पुरानो कार्यसमिति माथि अबिश्वासको प्रस्ताव दर्ता गरे । त्यसक्रममा पुर्व अध्यक्ष हरि सापकोटाले आफ्नो केहि भनाईहरु राखे ।
संस्था भित्रको बिबादका बिषयमा अध्यक्ष सापकोटाले आफ्ना भनाईहरु राख्दै गर्दा सेयर सदस्यहरुले असहमति जनाउदै विरोध गर्न थाले । विरोध बढ्दै जादा बन्द शत्रमा सहभागि सेयर सदस्यहरु आक्रमक रुपमा प्रस्तुत हुन थाले ।
नया कार्यसमिति
बहुमत सदस्यहरुको प्रस्तावको आधारमा पुरानो कार्यसमिति भंग भयो । लगत्तै नया कार्यसमिति चयनको प्रक्रिया थालियो र त्यसको केहि समयमा भिम के.शीको अध्यक्षतामा नया कार्यसमिति गठन गरियो । हाल नया कार्यसमिति ७ सदस्यिय रहेको छ ।
नया सञ्चालक समितिमा को–को छन् ?
अध्यक्ष : भिमबहादुर क.शी
उपाध्यक्ष : दधिलाल सापकोटा
सचिव : यज्ञ प्रसाद तिवारी
कोषाध्यक्ष : कमल सुवेदी
सदस्यहरु
बनु महत्तो
हेमा के.शी
बेद कुमारी लामिछाने
लेखा समिति :
संयोजक : टिका थापा मगर
राजकुमार पौडेल
देवी तिमल्सिना
पत्रकार सम्मेलन
साधारणसभा पुष २१ गते अर्थात शनिवार भएको थियो । त्यसको १५औ दिनमा आज पुर्व अध्यक्ष हरि प्रसाद सापकोटाले पत्रकार सम्मेलन गरे । आफ्ना असन्तुष्टिहरु राख्न सिमरामा आयोजित पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष सापकोटा खरो रुपमा प्रस्तुत भए ।
पत्रकार सम्मेलनमा झन्डै २ घण्टा बोलेका सापकोटाले आफ्ना कार्यकालमा भएका राम्रा कामहरुको बारेमा पनि चर्चा गर्न भ्याए । सेयर सदस्यहरुलाई उचालेर केहि व्यक्तिले गुण्डागर्दीको शैली देखाएकोभन्दै सापकोटाले कडा आपत्ति जनाए । पत्रकार सम्मेलनमा पुर्व कार्यसमितिकी उपाध्यक्ष तारा देवी क्षेत्री र सदस्य जिवन कुमार भट्राई पनि उपस्थित हुनुहुन्थ्यो ।
पत्रकार सम्मेलनमा केहि सेयर सदस्यहरु पनि उपस्थित थिए तर उनिहरुले खासै बोलेनन् । आफ्ना केहि भनाई राख्दै गर्दा पुर्व अध्यक्ष सापकोटाले आफुमाथि अविश्वासको प्रस्ताव आउनुको कारणपनि बुदागत रुपमै खोले ।
पत्रकार सम्मेलनमा सापकोटाले के के बाले त ? यो भिडिया हेर्नुहोस् :
https://www.youtube.com/watch?v=M1Ra3DPKXVA















