सिमरा गोल्डकप : हिमालयन शेर्पा विजयी, पुलिस क्लब २–० ले पराजित

ए वान डेस्क
७ माघ २०७५, सोमबार १७:५१

ए वान डेस्क /

बाराको सिमरामा जारी रुस्लान १०औ सिमरा गोल्डकपमा आज हिमालयन शेर्पा क्लब विजयी भएको छ । सिमरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दे हिमालयन शेर्पा क्लब विजयी भएको हो ।

पहिलो हाफसम्म पनि गोल गर्न नसकेको हिमालयन शेर्पा क्लब दोश्रो हाफपछि भने लगातार २ गोल गर्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको आजको खेलमा नेपाल पुलिस क्लबले धेरै मौका पाएको थियो । यद्धपी त्यो मौकालाई नेपाल पुलिस क्लब क्लबले सदुपयोग गर्न नसक्दा आज हार व्यहोर्नु पर्यो ।

खेलपछि सञ्चारकर्मीसंग कुरागर्दे हिमालयन शेर्पा क्लबका प्रशिक्षक सुभाष लिम्बुले खेलाडीहरुको उत्कृष्ट प्रदर्शनकै कारण जित सम्भव भएको बताउनुभयो । यता, नेपाल पुलिस क्लबका प्रशिक्ष्ँक अनन्त थापाले भने प्रतियोगितामा खेलाहार र जित स्वभाविक भएकोभन्दै खेल संतोषजनक भएको बताउनुभयो ।

प्रतियोगिता अन्र्तगत भोलि थ्रि स्टार क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुने आयोजक नव जनजागृती युवा क्लबले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*