रौतहट मेयर कपको उपाधी वडा नम्बर १ को पोल्टामा

अखिलेश कुमार यादव
ए वान डेस्क
८ माघ २०७५, मंगलवार १२:२७

रौतहटको गौरमा आयोजित मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले उचालेको छ । रौतहट जिल्ला क्रिकेट संघको आयोजना तथा गौर नगरपालिकाको सह्योगमा आयोजित प्रतियोगिताको उपाधी वडा नम्बर १ ले उचालेको हो ।

राइस मिलको मैदानमा भएको प्रतियोगितामा वडा नम्बर ५ लाई ७० रनले पराजित गर्दे वडा नम्बर १ विजयी भएको हो ।  विजयी वडा नम्बर १ ले नगद २५ हजार रुपैया तथा उपबिजेता वडा नम्बर ५ ले १५ हजार रुपैया पायो ।

कार्यक्रमकाबिच गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, उप–प्रमुख किरण ठाकुर, प्रमुख प्रशासकिय अधिकृत सुमन कार्की लगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*