बारामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय निजगढले जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्वर ४ कछडिया टोल निवासी हरिया भनिने बिन्देश्वर धामि रहेका छन् ।
बिन्देश्वरले गाउकै १४ बर्षिया एक जना बालिकालाई ललाई फकाई १४ दिन देखि बन्धक बनाई योन षोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको निजगढबाट सञ्चारकर्मी उमेश सुनुवारले जानकारी दिनुभयो ।
परिवारले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई कोल्हवीबाट केहिबेर अघि पक्राउ गरेको हो ।















