नेता कुशुवाहाद्धारा दलित बिद्यार्थीलाई न्यानो कपडा वितरण
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता उमेश कुशुवाहाले आज दलित बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बढ्दै गएको जाडोलाई मध्यनजर गर्दे कुशुवाहाले आज २०० जना दलित बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय कुशुवाहाले आज फोटा, बिश्रामपुर र पर्सौनीका गरी २०० जना दलित बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । दलित बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्दे कुशुवाहाले क्षेत्र नम्बर ४ ख को बिकासमा आफु सदैव लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
‘यहाका हरेक दिन दुखिको समस्या मैले बुझेको छु, त्यकारण ति सबै समस्या क्रमशः हल गर्दे जानेतर्फ म लाग्नेछु’ उहाले भन्नुभयो । न्यानो कपडा हस्तान्तरण कार्यक्रममा समाजसेवी उपेन्द्र कुशुवाह, मनिल देवान, संतोष साह, प्रदिप साह लगायतको उपस्थिति रहेको थियो ।















