पथलैयामा लाउरे आउने, समन क्याम्पले ल्यायो ‘बम्पर अफर’
ए वान डेस्क /
नेपालका चर्चित र्यापर आशिष राना (लाउरे) बारा आउने भएका छन् । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ मा हुन लागेको लोछार लाईभ ईन पथलैयामा आफ्नो प्रस्तुती देखाउन लाउरे बारा आउन लागेका हुन् ।
नेपाल तामाङ्ग घेदुङ्ग संघ पथलैयाले आयोजना गर्न लागेको लाईन ईन पथलैया यही माघ २६ गते हुदैछ । हाम्रो समन क्याम्पले गर्न लागेको बम्पर अफर कार्यक्रममा सहभागि हुन लाउरे पहिलो पटक बारा आउन लागेका हुन् ।
लामो समयदेखि बिभिन्न कार्यक्रम गर्दे आएको समन क्याम्पले माघ २६ गते लाउरेसंगै नेपालका चर्चित कलाकारहरु पथलैया ल्याउदैछ । यसरी पथलैया आउनेमा मुक्ति एण्ड रिभाईबल ब्याण्ड, चर्चित गायक रोज मोक्तान, डिजे स्पुन, गायक रमेश श्रेष्ठ मेलोडी रहेका छन् ।
साथै सो कार्यक्रममा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने हाम्रो समन क्याम्पका सञ्चालक शैलेस राज अर्यालले ए वान समाचारलाई जानकारी दिनुभयो ।
यस्तो छ समन क्याम्पको बम्पर अफर
१. ५,००० को टिकटलाई प्लाटिनम टिकट भनिएको छ । जसमा प्लाटिनम टिकटको खरिद गर्ने मध्य ४ जनालाई एनरोइड स्मार्ट फोन लक्कि ड्र मार्फत कार्यक्रम अबधिमै प्रदान गरिनेछ । प्लाटिनम टिकटमा २ जनालाई प्रबेश गराइनेछ, जसमा २ वटा क्यान बियर र २ वटा पिजा साथमा ख्ख्क्ष्ए स्थान (पारिवारीक बातावरण) मा कुर्सी प्रदान गरिनेछ ।
२. १,००० को टिकटलाई गोल्डेन टिकट भनिएको छ । गोल्डेन टिकटमा १ जनालाई प्रबेश गराइनेछ,जसमा १ वटा पिजा साथमा ख्क्ष्ए स्थान (पारिवारीक बातावरण) मा कुर्सी प्रदान गरिनेछ ।
३. १०० को टिकटलाई प्रबेश टिकट भनिएको छ । प्रवेश टिकमा भने दर्शकले कार्यक्रम मात्र हेर्न पाउनेछन् ।
यस्तो छ व्यवस्थापन
कार्यक्रमको यति बु्रअरीको उत्पादन अर्नाले ब्यानर प्र्रायोजन गरेको छ । कार्यक्रममा मिडिया पार्टनरको रुपमा रेडियो समपर्ण सिमरा र अनलाईन पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ ।
कार्यक्रमलाई सफल बनाउन बिभिन्न उप–समिति गठन गरिएको कार्यक्रम संयोजक अजय लामाले जानकारी दिनुभयो । जस अन्र्तगत कलाकार व्यवस्थापनको जिम्मा हाम्रो समन क्याम्पका म्यानेजर धुर्व श्रेष्ठ, टिकट व्यवस्थापको जिम्मा शिव श्रेष्ठ, मञ्च व्यवस्थापनको जिम्मा नविन राना मगर र मिडिया व्यवस्थापनको जिम्मा प्रदिप गौतमलाई दिईएको छ ।















