प्रिन्सा बचाउ अभियान : होटल व्यवसायी संघ बाराद्धारा सहयोग रकम हस्तान्तरण
ए वान डेस्क /
बाराको सिमरामा सञ्चालित प्रिन्सा बचाउ अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अभियान अन्र्तगत देश तथा बिदेशबाट सहयोग संकलन भईरहेको छ ।
अभियानमा जुट्दै होटल व्यवसायी संघ बाराले पनि आज सहयोग संकलन गरेको छ । होटल व्यवसायीहरुको सक्रियतामा आज बिहानैदेखि शुरु गरिएको अभियानमा एकैदिन ५८ हजार रुपैया संकलन भएको छ ।
होटल व्यवसायी संघ बाराले थालेको अभियानमा सिमराका व्यवसायी, शिक्षक, बिद्यार्थी लगायतले आर्थीक सहयोग गरेका थिए । संकल्ति सहयोग रकम आज साझ प्रिन्साका हजुरबुबा शम्भु प्रसाद न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण गर्दे होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाले रकम सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा होटल व्यवसायी संघ बाराका उपाध्यक्ष अर्जुन लम्साल, प्रह्लाद उप्रेती, महासचिव शम्भु खड्गी, समाजसेवी हिरा बस्नेत लगायतको उपस्थिति रहेको थियो । यसअघि सिमराका सक्रिय युवाहरुको समुहले प्रिन्सा बचाउ अभियान शुरु गरेका थिए । अभियानमा सहयोग संकलन हुने क्रम जारी रहेको समाजसेवी हिरा बस्नेतले ए वान समाचारलाई जानकारी दिनुभयो ।
सिमरा निवासी प्रिन्सालाई केहिदिन अघि घर नजिकै रहेको ११ हजार भोल्टको करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भएकी प्रिन्साको अहिले काठमाण्डौमा उपचार भईरहेको छ ।















