मौलापुरको श्रीमद्भागवतमा आजदेखि कथा वाचन हुने
ए वान डेस्क /
बाराको मौलापुरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आजदेखि कथा वाचन शुरु हुदैछ । महायज्ञ मुल आयोजक समारोह समितिले दिएको जानकारी अनुसार आज दिउसोबाट कथा वाचन शुरु हुन लागेको हो ।
महायज्ञमा राधिका दासी जी महाराजले कथा बाचन गर्नुहुनेछ । महायज्ञमा आजदेखि नियमित कथा प्रवचन, पुजा पाठ, महात्मय, झाकि लगायतका कार्यक्रम गरिने आयोजक मुल समारोह समितिका संयोजक राजेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।
आयोजकले आजदेखि महायज्ञमा सबैभन्दा बढि दान गर्ने दातालाई प्रत्यक दिन सभा नायक बनाउने तयारी गरेको छ । महायज्ञको हिजो एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला शाहले उद्घाटन गर्नुभएको थियो ।
हिजोदेखि शुरु भएको महायज्ञ माघ १८ गते सम्पन्न हुनेछ ।















