नेपालले अर्जेन्टिनामा हुने एएमएफ विश्वकप फुटसल खेल्ने

ए वान डेस्क
१६ माघ २०७५, बुधबार १४:५८

अर्जेन्टिनामा दुई महिनापछि हुने एएमएफ विश्वकप फुटसलमा नेपालले सहभागिता जनाउने भएको छ ।

एसियाबाट नेपाल र पाकिस्तानले सहभागिता जनाउँदैछन् । एसियाली छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान र पाकिस्तानले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाल उपविजेता भएको छ । विश्वकपमा १६ राष्ट्रको सहभागिता रहनेछ । ओसियानाबाट अष्ट्रेलिया, अफ्रिकाबाट दक्षिण अफ्रिका, युरोपबाट र अमेरिकाबाट ६–६ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म अर्जेन्टिनामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*