मौलापुरको श्रिमद्भागवतमा अहिलेसम्म ७ लाख संकलन
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७५ मा दान रकम संकलन हुने क्रम जारी छ । आयोजक पशुपतिनाथ मन्दिर समिति वडा नम्बर १४ मौलापुरले दिएको जानकारी अनुसार अहिलेसम्म ७ लाख रुपैया संकलन भएको छ ।
महायज्ञ माघ १८ गतेसम्म चल्नेछ । महायज्ञमा राधिका दासी जी महाराजले कथा बाचन गरिरहनुभएको छ ।
महायज्ञमा नियमित कथा प्रवचन, पुजा पाठ, महात्मय, झाकि प्रदर्शन लगायतका कार्यक्रम भईरहेको आयोजकले जनाएको छ । महायज्ञमा सबैभन्दा बढि दान गर्ने दातालाई आयोजकले प्रत्यक दिन सभा नायक बनाईरहेको छ ।
ए वान समाचारसंग कुरागर्दै महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक राजेन्द्र जमरकट्टेलले महायज्ञमा सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।















