सिमरा निवासी प्रिन्साको उपचारका क्रममा मृत्यु
फाईल फोटो
ए वान डेस्क /
बाराको सिमरा निवासी प्रिन्सा न्यौपानेको उपाचारका क्रममा आज मृत्यु भएको छ । गत पुष २७ गते करेन्ट लागेर घाईते भएकी प्रिन्साको उपचारका क्रममा आज दिउसो अस्पतालमा मृत्यु भएको हो ।
प्रिन्साको उपचारमा सहयोग पुर्याउन देश तथा बिदेशबाट प्रिन्सा बचाउ अभियान चलिरहेका बेला आज दिउसो उनको मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ । गत पुष २७ गते वडा नम्बर २ स्थित लोटस एकेडेमि छेउमा ११ हजार भोल्टको करेन्ट लागेर प्रिन्सा घाईते भएकी थिईन् ।
घाईते भएलगत्तै प्रिन्सालाई थप उपचारका लागी काठमाण्डौ पठाईएको थियो ।















