आठौँ राष्ट्रिय खेलकूद अन्तर्गत फुटबल खेलाडी छनोट

ए वान डेस्क
१४ फाल्गुन २०७५, मंगलवार १४:४७

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ । बीस सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ ।

समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मन्सुर छनोट भएका छन् ।

त्यसैगरी पर्साका कृष्ण शाक्य, महोत्तरीका नीरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गङ्गाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टङ्कबहादुर सिङ्तान टोलीमा समावेश छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*