ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुघर्टना

ए वान डेस्क
१५ फाल्गुन २०७५, बुधबार १४:४४

ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

पाथिभरा क्षेत्रमा हेलिकप्टर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङ प्रहरीले उज्यालोलाई जानकारी दिएको छ ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार हुनुहुन्थ्यो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मन्त्री अधिकारीसहितको टोली त्यस हेलिकप्टरमा रहेको वा नरहेको भन्ने अहिलेसम्म केही जानकारी आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*