हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक जारी

ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार ११:०९
zj ;'s]6f/ ljdfg:yndf tfKn]h'ªdf a'waf/ x]lnsK6/ b'3{6gfdf k/L d[To' ePsfsf] zj g]kfnL ;]gfn] 36gf:ynaf6 ;'s]6f/ ljdfg:yndf NofP kl5 sf7df08f} Nofpg] tof/ ub{} g]kfnL ;]gf . tl:a/M gf/fo0f 9'+ufgf, /f;;

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*