शुरु भयो तेश्रो पिपरा गोल्डकप, उद्घाटन खेलमै आयोजक पराजित

ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार १८:४१

ए वान डेस्क /

बाराको करैयामाई गाउपालिकामा करैयामाई तेश्रो पिपरा गोल्डकप शुरु भएको छ । सृजनशील युवा क्लब पिपराको आयोजनामा हिजोदेखि तेश्रो पिपरा गोल्डकप शुरु भएको हो ।

गोल्डकपको एक कार्यक्रमकाबिच प्रदेश नम्बर २ की अर्थ राज्यमन्त्री उषा यादवले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै यादवले खेल क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । यस क्षेत्रको विकास गर्न खेल क्षेत्रले पनि महत्पुर्ण भुमिका निर्वाह गरेकोभन्दै उहाले खेल क्षेत्रको विकासका लागि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य बलबिर चौधरी, केन्द्रिय सदस्य दिनेश राई, प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, करैयामाई गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामी, नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाह लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । आयोजक सृजनशील युवा क्लबका अध्यक्ष बृजमोन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिपेन्द्र चौधरीले गर्नुभएको थियो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत हिजो भएको उद्घाटन खेलमा बारा ११ बारा विजयी भएको छ । आयोजक सृजनशील युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दे बारा ११ विजयी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*