दोश्रो जीतपुर व्यापार मेलाको तयारी तिब्र (भिडियोसहित)

मेला फागुन २३ गतेदेखि ….
ए वान डेस्क
१६ फाल्गुन २०७५, बिहीबार १९:२५

ए वान डेस्क /

बाराको जीतपुरमा हुन लागेको दोश्रो जीतपुर बृहत खेलकुद सास्कृतीक एवं व्यापार मेला २०७५ को तयारी तिब्र रुपमा भईरहेको आयोजकले जनाएको छ । ए वान समाचारसंग कुरागर्दे आयोजक मुल समारोह समितिका उपाध्यक्ष कृष्ण गुप्ताले व्यापार मेलाको तयारी तिब्र रुपमा भईरहेको बताउनुभयो ।

दोश्रो मेलालाई सभ्य र भब्य रुपमा सफल बनाउन वडा नम्बर ७ का वडा सदस्य शक्ति गुप्ताको संयोजकत्वमा गठित मुल आयोजक समारोह समितिले धमाधम काम गरिरहेको उपाध्यक्ष गुप्ताले बताउनुभयो । सबै पक्षको साथ र सहयोग रहेको मेला समितिभित्र कुनै किशिमको बिबाद नरहेको कोषाध्यक्ष प्रिन्स गुप्ताले जानकारी दिनुभयो ।

यसअघि फागुन १६ गतेदेखि शुरु हुने भनिएको मेला फागुन २३ गतेदेखि गर्ने आयोजकले यसअघि नै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । समग्र मेलाको बिषयमा हामीले मुल आयोजक समारोह समितिका उपाध्यक्ष कृष्ण गुप्ता र कोषाध्यक्ष प्रिन्स गुप्तासंग कुराकानी गरेका छौ ।

https://youtu.be/8asX2HLMHfA

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*