मौलापुरको श्रीमद्भागवत सम्पन्न, उठ्यो २० लाखभन्दा बढि रकम

ए वान डेस्क
१८ माघ २०७५, शुक्रबार १७:१६

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ मा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ  सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरको पुर्वाधार र पार्क निर्माण गर्ने उदेश्यले मौलापुरमा आयोजना गरिएको महायज्ञ आज सम्पन्न भएको हो ।

आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले महायज्ञ समापन गर्नुभएको हो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले सामाजिक कार्य गर्नको निम्ति आयोजना गरिएको महायज्ञले समाजमा निकै राम्रो सन्देश दिने बताउनुभयो । उ

हाले मन्दिरको पुर्वाधार र पार्क निर्माण गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । सो अवसरमा उहाले व्यक्तिगत तर्फबाट २७ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा महायज्ञकी मुल वाचिका राधिका दास जी महाराज, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, नेपाल कम्युनिष्ट पार्टीका नेता भरत भण्डारी, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बर्तौला लगायतको उपस्थिति रहेको थियो । महायज्ञ माघ १० गतेदेखि शुरु भएको थियो ।

ज्वाला साहद्धारा १५ लाखको घोषणा

बारा क्षेत्र नम्बर ४ क की प्रदेशसभा सदस्य ज्वाला साहले महायज्ञमा १५ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ । मन्दिरको पुर्वाधार र पार्क निर्माणमा सहयोग पुर्याउने उदेश्यले उहाले आगामी बर्षको योजनाबाट १५ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको हो । यसअघि महायज्ञको प्रदेशसभा सदस्य साहले उद्घाटन गर्नुभएको थियो ।

२० लाखभन्दा बढि संकलन

आयोजक मुल समारोह समितिले दिएको जानकारी अनुसार महायज्ञमा २० लाखभन्दा बढि रकम संकलन भएको छ । आयोजक मुल समारोह समितिका संयोजक संयोजक राजेन्द्र जमरकट्टेलले महायज्ञमा अहिलेसम्म करिव २४ लाख संकलन भएको बताउनुभयो । ‘महायज्ञको राम्रोसंग हिसाब गर्न बाकी छ, अहिलेसम्म करिव २४ लाख रुपैया संकलन भएको छ’ उहाले भन्नुभयो ।

हामी आभारि छौ : संयोजक जमरकट्टेल

मुल समारोह समितिका संयोजक जमरकट्टेलले महायज्ञमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । महायज्ञको समापन कार्यक्रममा बोल्दै उहाले सामाजिक कार्य गर्नको निम्ति आयोजना गरिएको महायज्ञमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । ‘पहिलो पटकको महायज्ञमा यतिसम्म संकलन होला भनेर हामीले सोचेका थिएनौ, सहयोग रकम दान गर्ने सबैप्रति हामी आभारि छौ’ उहाले भन्नुभयो ।

मुल समारोह समितिका संयोजक राजेन्द्र जमरकट्टेलको अध्यक्षतामा सम्पन्न महायज्ञको सञ्चालक सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*