नया प्रमुख जिल्ला अधिकारी बारामा
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न राजेश पौडेल आज बारा आउनुभएको छ । सडक दुर्घटनामा परी घाईते हुनुभएका गणेश भट्राईको ठाउमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न् पौडेल केहिबेर अघि बारा आउनुभएको हो ।
सडक दुर्घटनामा परी केहिदिन अघि बाराका प्रमुख जिल्ला अधिकारी भट्राई गंभिर घाईते हुनुभएको थियो । गंभिर घाईते भट्राईको अहिले काठमाण्डौमा उपचार भईरहेको छ । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न् बारा आउनु भएका पौडेललाई स्वागत गर्न सुरक्षा निकाय एवं प्रशासनिक व्यक्तिहरु सिमरा बिमानस्थल पुगेका थिए ।
केहिबेर अघि मात्र बारा आउनुभएका पौडेललाई सिमरा बिमानस्थलमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख, सिमरा बिमानस्थलका प्रमुख, औद्योगिक सुरक्षा गुल्म औराहका प्रमुख र ईलाका प्रहरी कार्यालय सिमराका प्रमुखले स्वागत गर्नुभएको थियो ।















