बिग ब्याश लिग: सन्दीप ‘प्लेइङ ११’ मा, टिमले टस हारेर ब्याटिङ गर्दै

ए वान डेस्क
२५ माघ २०७५, शुक्रबार १६:४६

बिग ब्याश लिगमा कमब्याक गरेका सन्दीप लामिछाने ब्रिज्बेन हिट्सविरुद्धको खेलमा प्लेइङ सेटमा परेका छन् ।

सुरुवाती चार खेल खेलेर बंगलादेश गएका सन्दीप लिगको अन्तिम दुई खेल खेल्न अष्ट्रेलिया पुगेका हुन् । ब्रिज्बेनविरुद्धको खेलमा टस हारेर उनको टिम मेलबर्न स्टार्सले ब्याटिङको निम्तो पाएको छ ।

शुक्रबारकाे खेलमा ब्रिज्बेनविरुद्ध जित निकालेमा मेलबर्नले प्लेअफमा पुग्ने संभावना बलियो बनाउने छ । सन्दीपको टिम मेलबर्न १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।

उनकाे टिम मेलबर्न स्टार्सले प्लेइङ ११ काे सूचीसहित सन्दीपकाे नाम मेन्सन गरेर यस्ताे ट्वीटसमेत गरेकाे थियाे :

We’ve lost the bat flip and will bat first at The Gabba tonight. One change to our team with Sandeep coming in. Play starts at 8.40pm AEDT #TeamGreen pic.twitter.com/0W8heiNXsV

— Melbourne Stars (@StarsBBL) February 8, 2019

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*