बाराको करैयामाईमा तेश्रो पिपरा गोल्डकप हुने

ए वान डेस्क
२६ माघ २०७५, शनिबार १९:३१

ए वान डेस्क /

बाराको करैयामाई गाउपालिकामा तेश्रो पिपरा गोल्डकप २०७५ हुने भएको छ । आयोजक सृजनशिल युवा क्लबले आज पिपरा बजारमा पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकप बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलमा बोल्दै आयोजक मुल समारोह समितिका संयोजक बृजमोहन चौधरीले वडा नम्बर ७ को पंचगछिया खेल मैदानमा प्रतियोगिता हुने बताउनुभयो । यही फागुन १५ गतेदेखि शुरु हुने प्रतियोगिता २६ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने संयोजक चौधरीले जानकारी दिनुभयो । करिव ४८ लाखको अनुमानित लागतमा हुन लागेको प्रतियोगितामा आयोजक सृजनशिल युवा क्लब पिपरासहित भरतपुर फुटबल क्लब चितवन, विजय युथ क्लव हेटौडा, विरगञ्ज क्लब, हिमकस्तुरी क्लब सिराहा ११, सशस्त्र प्रहरीको एपिएफ क्लब, महोत्तरी–११, नव जनजागृती युवा क्लब सिमरा, चौधरी ११ बारा र सर्लाही–११ को सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार उप–बिजेताले ७५ हजार रुपैया पाउने संयोजक चौधरीले बताउनुभयो । चौधरीका अनुसार बिभिन्न बिधामा उत्कृष्ट हुनेलाई नगद १० हजार रुपैया प्रदान गरिनेछ । यसअघि पहिलो गोल्डकपको उपाधी एपिएफ तथा दोश्रो गोल्डकपको उपाधी बारा ११ उचालेको थियो ।

प्रतियोगितामा मुख्य सहयोगी संस्थाको रुपमा करैयामाई गाउपालिका रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै करैयामाई गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक क्लबका सल्लाहाकार श्रीराम साह कानुले सबैको साथ र सहयोग भए मात्र प्रतियोगिता भब्य रुपमा सम्पन्न हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*