शुरु भयो चौथो विरगञ्ज महोत्सव (फोटो फिचरसहित)

ए वान डेस्क
२९ माघ २०७५, मंगलवार ११:१५

ए वान डेस्क /

पर्साको विरगञ्जमा चौथो विरगञ्ज महोत्सव व्यापार मेला २०७५ शुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबिच पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्राईले उद्घाटन गर्नुभयो ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभटाईजिको आयोजनामा हिजोदेखि शुरु भएको महोत्सव १० दिनसम्म चल्नेछ । विरगञ्जको घण्टाघरमा शुरु भएको महोत्सवमा झन्डै १५० वटा स्टल राखिएको छ ।

महोत्सवको उद्घाटन गर्दे पर्साका प्रमुख जिल्ला अधिकारी भट्राईले बिभिन्न समयमा आयोजना हुने यस्ता मेला महोत्सवले दिर्घकालिन फाईदा पुर्याउने बताउनुभयो । आर्थीक नगरीको रुपमा बिकसीत हुदै गईरहेको विरगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेम शाह, नेकपाका कार्यदल सदस्य प्रभु हजरा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । मुल आयोजक समारोह समितिका संयोजक संतोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला समितिका व्यवस्थापक सत्यराज घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । महोत्सवमा प्रत्यक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने आयोजक समितिका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।

फोटो फिचर :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*