बारामा नेकपाले भोलि जनयुद्ध दिवस मनाउने
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी नेकपाले बारामा भोलि मनाउन लागेको २४औ जनयुद्ध दिवसको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । निजगढमा भोलि मनाउन लागिएको जनयुद्ध दिवसको सम्पुर्ण तयारी पुरा भएको नेता रबिराज दंगालले ए वान समाचारलाई जानकारी दिनुभयो ।
जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । जनयुद्ध दिवस जिल्ला स्तरमा गठिमा कार्यदलको निर्णय अनुसार निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित निर्माणाधिन शहीद पार्कमा गर्न लागिएको नेता दंगालले बताउनुभयो ।
तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा नेकपाले पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेको हो । लालस्थित भालुखोलामा २०६१ बैशाख १७ तत्कालिन शाही सेनाको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो ।















