प्रशासकीय अधिकृत २५ हजार घुससहित समातिए
अख्तिार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका एकजना प्रशासकीय अधिकृतलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रकाशकीय अधिकरी कैलाश मातक्ष श्रेष्ठलाई सेवाग्राहीबाट घुस लिँदा लिँदै पक्राउ गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता एबम् सूचना अधिकारी मदन कोइरालाका अनुसार श्रेष्ठलाई घुससहित समातेर अनुसन्धान अघि बढाइएको छ ।















