भ्यान दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

ए वान डेस्क
३ फाल्गुन २०७५, शुक्रबार ११:५४

अम्रिसोको कुचो लोड गरेर मोरङको जाँतेतर्फ जाँदै गरेको भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेस्थित क्षेत्री खोलामा बिहीबार साँझ भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

प्रहरीका अनुसार को १ च ९३२४ नम्बरको भ्यान अम्रिसोको कुचो लोड गरेर रमितेबाट जाँतेतर्फ जाँदै गर्दा उकालो चढ्ने क्रममा अनियन्त्रित भएर भ्यान दुर्घटना भएको हो।

चालक मोरङको लेटाङ नगरपालिका-८ का ४२ वर्षीय नगेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए। उनका अनुसार दुर्घटनामा लेटाङ-८ का ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ-५ का २० वर्षीय सुधिर नेपाल घाइते भएका छन्।

गम्भीर घाइते भएका दुवैजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक चालकको शव उर्लाबारीको मंगलबारे अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*