कृपा दैनिकले मनायो १८औ बार्षिक उत्सव, ठाकुर र मेहता सम्मानित

ए वान डेस्क
४ फाल्गुन २०७५, शनिबार १७:५०

ए वान डेस्क /

बाराको सदरमुकाम कलैयाबाट प्रकाशन हुदै आएको कृपा दैनिक पत्रिकाले आज आफ्नो १८औ बार्षिक उत्सव मनाएको छ । कोल्हवीमा आयोजित एक कार्यक्रमकाबिच कृपा दैनिकले आफ्नो बार्षिक उत्सव मनाएको हो ।

बार्षिक उत्सवको आज प्रधानमन्त्रीका जन–सम्पर्क सल्लाहाकार अच्युत मैनालीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मैनालीले सत्य तथ्य समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्नुभयो ।

समाज परिवर्तन गर्न पत्रकारिता क्षेत्रको भुमिका महत्वपुर्ण हुनेभन्दै उहाले सत्यतामा आधारित रहेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । ‘अहिले धेरै जसो नकरँत्मक समाचार मात्र आउने गरेको छ, तर त्यसो हैन् हामीले समाज परिवर्तन गर्नुछ भने सकारात्मक समाचार मात्र हाल्नुपर्छ’ उहाले भन्नुभयो ।

फरक प्रशंगमा उहाले सरकारको काम निकै प्रभावकारी रहेको बताउनुभयो । बाहिर हल्ला आए जस्तो सरकारको काम नराम्रँे नभएकोभन्दै उहाले विरोध गर्नको लागी विरोध गर्न नहुने बताउनुभयो । विकास निर्माणको काममा सरकार तदारुक्ताका साथ लागेकोभन्दै उहाले अब तिब्र गतिमा विकास हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बलबिर चौधरीले विकास निर्माणको पक्षमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । ‘हामीले सधै नराम्रो समाचार लेखेर हुदैन्, समाजको हित हुने खालको समाचार लेख्नुपर्छ’ उहाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटि सदस्य रबिराज दंगालले पत्रकारिता क्ष्ँेत्रको विकास गर्न सबै पक्ष गंभिर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत भण्डारी, उप–प्रमुख सुनैना देवी थरुनी, निजगढ नगरपालिकाकी उप–प्रमुख लिला देवी लामिछाने, नेकपाका नेता देवनारायण चौधरी, उद्योग वाणिज्य संघ कोल्हवीका अध्यक्ष मेहश कुमार साह, वाणिज्य संघका जिल्ला अध्यक्ष ढुंडिराज उप्रेती, साना किशान कृषि सहकारी संस्था लिमिटेड कोल्हवीका संयोजक विश्वनाथ चौधरी, पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य भोजराज भट्राई, प्रदेश सदस्य जितलाल श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ बाराका अध्यक्ष दुष्यन्त चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा वक्ताहरुले कृपा दैनिकले समाज परिवर्तन गर्न खेलेको भुमिकाको प्रशंसा गरे ।

ठाकुर र मेहता सम्मानित

कार्यक्रमकाबिच कृपा दैनिकले आज विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय बाराका पत्रकार उप्रेन्द्र ठाकुर र रामेश्वर मेहतालाई सम्मान गरेको छ । नवजान कल्याण कोषले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार कृपा दैनिकले ठाकुर र मेहतालाई प्रदान गरेको हो । नवजान कल्याण कोषद्धारा स्थापित उमादेवी स्मृती क्रियाशिल पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका बरिष्ट सह उप–सम्पादक उपेन्द्र ठाकुर र चन्द्र प्रसाद खनाल स्मृती कृयाशिल पत्रकारिता पुरस्कार प्रतिक दैनिकका रामेश्वर मेहतालाई प्रदान गरिएको हो ।

कार्यक्रमकाबिच सो पुरस्कार प्रधानमन्त्रीका जन–सम्पर्क सल्लाहाकार अच्युत मैनालीले प्रदान गर्नुभएको थियो । यसैबिच, पत्रकार उपेन्द्र ठाकुरले पुरस्कार बापत प्राप्त रकम समाजसेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ । पुरस्कार ग्रहण गर्दै ठाकुरले प्राप्त रकम समाजसेवामा खर्च गर्ने बताउनुभयो । अनाथ बालबालिकाको लागी कोष खडा गरेर रकम सहयोग गर्नेभन्दै अनाथ बालबालिकाको लागी उच्च शिक्षामा सहयोग गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*