सवारी दुर्घटनामा घाइते बाराका सिडिओको निधन

ए वान डेस्क
६ फाल्गुन २०७५, सोमबार १५:५९

सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।

गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।

याे दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियाे । भट्टराईकाे निधनकाे पुष्टि उनका भाइ नरेश भट्टराईले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*