बारामा मनाईयो प्रजातन्त्र र निर्वाचन दिवस

ए वान डेस्क
७ फाल्गुन २०७५, मंगलवार १८:०७

ए वान डेस्क /

बिभिन्न कार्यक्रमको आयोजना गरी आज बारामा पनि राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । दिवसको अवसरमा जिल्लाभित्र रहेका बिभिन्न संघ–संस्थाले आज कार्यक्रम आयोजना गरेका छन् ।

सो अवसरमा जिल्ला समारोह समिति बाराले आज कलैयामा प्रभात र्याली निकालेको छ । र्यालीमा बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह, कलैया उप–महानगरपालिकाका नगर प्रमुख राजेश यादव लगायतको उपस्थिति रहेको थियो ।

भरत चोकबाट निस्किएको र्यालीले कलैया बजार परिक्रममा गरेको थियो । र्यालीपछि आयोजित कोण सभामा बोल्दै वक्ताहरुले प्रजातन्त्रकै कारण देशमा शान्ति सुव्यवस्था छाएकोभन्दै यसको रक्षा गर्न आवश्यक रहेको बताए ।

यसैबिच, बारामा आज तेश्रो निर्वाचन दिवस पनि मनाईएको छ । आवधिन निर्वाचन, लोकतन्त्रको आधार भन्ने मुल नाराका साथ आज बारामा पनि निर्वाचन दिवस मनाईएको हो ।

दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय बाराले पनि कलैयामा प्रभात फेरीको आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*