दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त

ए वान डेस्क
८ फाल्गुन २०७५, बुधबार १६:००

नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेकोे छ ।

काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

पूर्व सांसद तथा काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि पराजुलीको यही फागुन ५ गते निधन भएको थियो । स्व पराजुलीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काङ्ग्रेसले जनाएको छ ।

पटक÷पटक जेल र कठोर यातना भोग्नु भएका स्व पराजुली पार्टीको एक निर्भीक योद्धा रहेको विज्ञप्तिमा जनाइएको छ । उहाँको श्रीमती, चार छोरा र दुई छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*