कोल्हवीमा हात्तिपाईले रोग सम्बन्धी अन्र्तक्रिया सम्पन्न

ए वान डेस्क
८ फाल्गुन २०७५, बुधबार २०:००

नविन चौधरी /

बाराको कोल्हवीमा हात्तिपाईले राग निवारण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १ को सभाहलमा कोल्हवी नगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रम नगर प्रमुख भरत बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्र्तक्रियामा प्रशिक्षण दिदै कोल्हवी नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत एवं स्वास्थ्य संयोजक साबिर ठाकुरले पोथी लामखुट्टेको बिशेष टोकाइबाट हात्तिपाईले रोग लाग्ने बताउनुभयो । सो रोग निकै नै खतरनाक हुनेभन्दै उहाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

नियमित रुपमा ६ बर्षसम्म औषधी सेवन गरेर रोग हुनेभन्दै उहाले रोगबाट बच्न र बचाउन सकिने बताउनुभयो ।

कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रशासकिय अधिकृत हरेन्द्र श्रेष्ठ, ईलाका प्रशासनका प्रतिनिधी मधुरेश साह, इलाका प्रहरी कार्यालयका प्रमुख पुष्कर बोगटी, शसस्त्र प्रहरी प्रमुख राजकुमार जर्गा मगर, उद्योग बाणिज्य संघ कोल्हवीका अध्यक्ष महेश कुमार साह, समाज सेवी गोविन्द पौडेल, रबिन्द्र पनुहर, बिश्वनाथ चौधरी लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मनोज चौधरीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*