सुनको मूल्य घट्यो
९ फाल्गुन २०७५, बिहीबार १२:३४
नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेको छ ।
बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।
यसअघि बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।















