ए वान समाचार प्रभाव : आईतबारदेखि मालपोत कार्यालयमा सरकारको निर्णय कार्यान्वयन हुने
ए वान डेस्क /
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मालपोत कार्यालय सिमरामा सरकारले गरेको निर्णय कार्यान्वयन गराउन निर्देशन दिनुभएको छ । मालपोत कार्यालय सिमरामा सरकारको निर्णय कार्यान्वयन नभएको समाचार ए वान समाचार डटकममा प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालय प्रमुखलाई फोन गरी निर्णय कार्यान्वयन गराउन निर्देशन दिनुभएको हो ।
सिमराको मालपोत र नापि कार्यालय बिचौलियाको अखडा बन्दै गएको र सरकारको निर्णय पनि गराउन नभएको समाचार ए वान समाचार डटकमले हिजो प्रकाशन गरेको थियो । समाचार प्रकाशन भए लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले आईतबारबाट जनसुकै हालतमा पनि निर्णय कार्यान्वयन गराउन निर्देशन दिनुभएको हो ।
सरकारले लेखापढी व्यवसायी विनै सेवाग्राही आफैले भर्न सक्ने गरी सरल ढंगको निवेदन ल्याएको थियो । तर महिनौ बितिसक्दा समेत सिमराको मालपोत कार्यालयमा सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन् । ए वान समाचारसंग कुरागर्दे बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भन्नुभयो ‘आईतरबाट निर्णय कार्यान्वयन गर्न मैले कार्यालय प्रमुखलाई भनेको छु, पक्कै पनि कार्यान्वयन हुन्छ’ ।
यता, मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले आईतबारदेखि सरकारको निर्णय कार्यान्वयन हुने बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले लेखापढिको आलटालका कारण केहि समय रोकिएपनि आईतरबार भने निर्णय कार्यान्वयन गर्ने बताउनुभयो ।















