बारामा श्रमिक महिला दिवस मनाईने
ए वान डेस्क /
बारामा श्रमिक दिवस मनाईने भएको छ । ८ मार्चको अवसरमा फागुन २४ गते जिल्लामा श्रमिक महिला दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघले संयुक्त रुपमा विशेष कार्यक्रम गर्देछन् । आज सिमरामा आयोजित नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघको संयुक्त बैठकले २४ गते श्रमिक दिवस मनाउने निर्णय गरेको नेकपा प्रदेश कमिटि सदस्य गिता कडेलले ए वान समाचारलाई जानकारी दिनुभयो ।
८ मार्च संसारभरिका महिलाहरूको ऐतिहासिक दिन हो । ८ मार्चलाई विश्वभरीका सम्पूर्ण शोषित, उत्पीडित महिलाहरूले मात्र होइन, विभिन्न वर्ग र समुदायका महिलाहरूले पनि महान दिवसको रूपमा मनाउदै आएका छन् ।















