काम गर्न मलेसिया गएका २ सय नेपाली जेलमा

ए वान डेस्क
११ फाल्गुन २०७५, शनिबार ०९:३३

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध सबाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन् । तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हु्न् ।

दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अुनसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् । कतिपयचाहिँ चोरी, लागुऔषध कोरोबार, अपहरण, जुवातास जस्ता गम्भीर मद्दामा जेल पुेगेका छन् ।
‘जुन कम्पनीमा काम गर्न आएको हो त्यसमा चित्त नबुझेपछि गैरकानुनी रुपले अर्को कम्पनीमा काम गरेर बस्ने नेपालीको सख्या धेरै छ,’ गौतमले भने, ‘बाहिर आउजाउ गर्दा बेलाबेलामा यहाँको अध्यागमन प्रहरीको छड्के जाँमा परेपछि त्यसरी अवैध रुपले काम गर्ने र बस्ने समातिन्छन् ।’ यो समाचार रमेश खतिवडाले नागरिकमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*