सिमराको मालपोत कार्यालयमा आजदेखि नया फारम, अन्ततः कार्यान्वयन भयो सरकारको निर्णय

ए वान डेस्क
१२ फाल्गुन २०७५, आईतवार ११:५३

ए वान डेस्क /

बाराको सिमरामा रहेको मालपोत कार्यालयमा आजदेखि नया फारम लागु भएको छ । मालपोत कार्यालयमा सरकारको निर्णय कार्यान्वयन नभएको समाचार ए वान समाचारले प्रकाशन गरेपछि कार्यालयले चासो देखाएका हो ।

फलस्वरुप सरकारले गरेको निर्णय कार्यान्वयन गर्दे मालपोत कार्यालय सिमराले आजदेखि नया फारम लागु गरेको हो । ए वान समाचारसंग कुरागर्दे मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले बिहान १० बजेदेखि कार्यालयमा नया फारम लागु भएको बताउनुभयो । ‘सिडिओ साबको निर्देशनपछि मालपोत कार्यालयमा आजदेखि नया फारम लागु भएको छ’ उहाले भन्नुभयो ।

आजदेखि नया फारम लागु गर्न मालपोत कार्यालय सिमराले कलैयाबाट तत्कालको लागी आवश्यक केहि फारम ल्याएका थियो । कार्यालयमा बिचौलियाको बिगबिगि बढेको र सरकारको निर्णय कार्यान्वयन नभएको समाचार ए वान समाचारले प्रकाशन गरेपछि कार्यायल प्रमुखले आईतवारदेखि निर्णय कार्यान्वयन गर्ने बताएका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले आवश्यक निर्देशन दिएपछि त मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले आईतवारदेखि जुनसुकै हालतमा पनि निर्णय कार्यान्वयन गर्ने बताउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*