सिमरा आएपछि किन बिबादमा तानिदैछन मालपोत प्रमुख गुप्ता ?
ए वान डेस्क /
गत भदौ महिनादेखि सुचारुमा आएको मातपोत कार्यालय सिमरामा नायव शुब्बा कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । उपसचिव सहित दुई जना शाखा अधिकृतको दरवन्दी रहेको सो कार्यालयमा ना.शु मदन गुप्ताले कार्यालय प्रमुखका रुपमा जिम्मेवारी सम्हाले ।
सिमरामा मातपोत कार्यालय स्थापना गराउन प्रमुख भुमिका निर्वाह गरेका हाल भुमि सुधार तथा मोलपोत कार्यालय कलैयाका प्रमुख राज राजेश्वर त्रिवेद्धी सिमरा आउन चाहान्थे । “कार्यालय स्थापना गर्न निक्कै संघर्ष गर्नु पर्यो, एक हप्ता भएपनि मालपोत कार्यालय सिमराको पहिलो प्रमुख भएर सञ्चालन गर्ने ईच्छा थियो तर मदनले जी गोप्यरुपमा पत्र लिईसक्नु भएको रहेछ” त्रिवेद्धीले भने ।
ना.शु. गुप्ताले भुमि व्यावस्थापन तथा अभिलेख बिभागका तत्कालिन महानिर्देशक मुक्ति आचार्यको आर्शिवादमा गोप्यरुपमा पत्र बुझेको त्रिवेद्धीले छनक पाएनन् । भुमि सुधार तथा मातपोत कार्यालय कलैयाका प्रमुखका रुपमा त्रिवेद्धी हुदा“ गुप्ता सोही कार्यालयको मुद्धा तथा दर्ता फा“टमा कार्यरत थिए ।
कार्यालय प्रमुखलाई समेत चकित पार्ने गरी ना.शु. मदन गुप्ताले स्वायत्त अधिकार सहितको मातपोत कार्यालय सिमराको प्रथम प्रमुख हुने अवसरका भित्र थुप्रै अन्र्तकथाहरु छन् ।
जनप्रतिनिधी असफल
गुप्ताले बिभाग सम्मै रकमको चलखेल गर्ने गरेको जानकारहरु बताउ“छन् । तत्कालिन महानिर्देशक हाल प्रदेश नम्बर दुई सरकारको आर्थिक मामिला मन्त्रालयमा कार्यरत मुक्ति आचार्यसंग गुप्ताको सांठगाठ देखिन्छ । सोही कारण उनी माथी कार्यालय प्रमुख हालसम्म आउन नपाएको श्रोतले जनाएको छ ।
मालपोत कार्यालय सिमरामा कमिसन र घुसखोरीतन्त्र मौलाएको जनगुनासो मन्त्रालयसम्मै पुगिसक्दा पनि बिभागले वास्ता गरेको छैन् । मातपोत कार्यालय सिमरामा दरबन्दी अनुसारका कर्मचारीपुर्तीको माग गर्दै केही समय अघि जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल, प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरु¨ सहितको टोली भुमी व्यावस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेको थियो ।
एक साता भित्र कर्मचारी व्यावस्थापन गरी नया“ कार्यालय प्रमुख पठाईदिने आश्वासन पाएर टोली फर्किएको महिनौं बितिसक्यो । तर पनि ना.शु. गुप्ताकै भरमा कार्यालय सञ्चालनमा छ । यो बिचमा मालपोत कार्यालय सिमरामा नया“ कार्यालय प्रमुखको दरबन्दी कायम नगरिएको भने होईन । निजामती सेवामा हालै प्रवेश गरेकी शाखा अधिकृत ईन्दीरा थापालाई मातपोल कार्यालय सिमराको प्रमुख रुपमा पठाउने बिभागले निर्णय गरेको थियो ।
त्यसका लागी पत्र समेत तयार भएको थियो । त्यसको सुईको पाएका ना.शु. मदन गुप्ता रातरात काठमाण्डौं गएर तत्कालिन महानिर्देशक मुक्ति आचार्यको आर्शिवाद लिएर फर्किएको श्रोतले बताउछ । स्थानिय जनप्रतिनिधीको पहल कदमीलाई समेत ना.शु. गुप्ताले बालुवामा पानी सरह बनाईदिनुलाई थप रहस्यको रुपमा लिन सकिन्छ ।
गुप्ता बिरुद्ध मन्त्रालयमा उजुरी
मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार मालपोत कार्यालय सिमराका प्रमुख ना.शु. मदन गुप्ताका बारेमा धेरै नकरात्मक गुनासाहरु मन्त्रालयसम्म पुगेका छन् । “त्यहा“का कार्यालय प्रमुखको सम्बन्धमा हामीलाई धेरै थरीका टिप्पणीहरु आएका छन्, मैले प्रमुख जिल्ला अधिकारीलाई पनि बिषेश निगरानी गर्न भनेको छु” सचिव मैनालीले भने ।
मालपोत कार्यालय सिमरामा कम्तिमा शाखा अधिकृतसम्म भएपनि कार्यालय प्रमुख व्यावस्थापन गर्न भुमी व्यावस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्ण मणी दवाडीलाई आफुले निर्देशन दिईसकेको मैनालीले जानकारी दिए । कर्मचारी समायोजन प्रकृयाका कारण ढिला भएको उनले बताए ।
प्रदेश नम्बर दुईमा आठ जना उपसचिवको दरबन्दी भएपनि एक जना पनि पठाउन नसकिएको उनको भनाई छ । “कतिपय ठाउमा खरदारबाट उपसचिवको काम गराउनु पर्ने बाध्यता पनि छ, समायोजनले झनै समस्या आईपरेको छ” सचिव मैनालीले भने ।
सम्बन्धीत क्षेत्रका जनप्रतिनिधीसंग कर्मचारी समायोजन लागी सुझाव समेत माग गरेको उनले बताए । “त्यहा“का जनप्रतिनिधीले नै यसका लागी पहल लिईदिनु भएमा मलाई पनि सजिलो हुने थियो” उनले भने । धेरै जसो कर्मचारीको रोजाई स्थानिय तह हुने गरेकाले पनि समस्या आएको सचिव मैनालीको भनाई छ । त्यसमा पनि प्रदेश नम्बर दुईमा कर्मचारी समायोजन हुनै नखोज्नुले पनि ठुलो समस्या निम्त्याएको उनको जिकिर छ ।
पत्रकार माथी जाईलागे, महासंघद्धारा कारबाहीको माग
गत पौष ९ देखी भुमि अभिलेख सुचना व्यावस्थापन प्रणाली मालपोत कार्यालय सिमरामा लागु भयो । यो प्रणाली भनेको कम्प्युटरमा अभिलेखहरु व्यावस्थापन गर्नु हो । हालसम्म यस प्रणालीलाई व्यावस्थापन गर्न कार्यालय प्रमुख गुप्ता सक्रिय देखिदैनन् । तामेलीलाई ए फोर साईजमा अपलोड गर्ने नया सरकारी निति कलैयामा कार्यन्वयनमा आईसक्दा पनि मातपोत कार्यालय सिमरामा आईतबारदेखि सुचारु गर्ने तयारी छ । त्यसका लागी आवश्यक व्यावस्थापन भुमि सुधार तथा मालपोत कार्यालय कलैयाले नै गरेको छ । फागुन ११ गते शनिवार बिदाको दिन कार्यालय पुगेका ना.शु. मदन गुप्ता स्थानियबासी तथा पत्रकारहरुको नजरमा पर्न गए ।
बिदाको दिन पनि कार्यालय खुले पछि शनिवार दिनभर जसो मातपोत कार्यालयको गतिबिधी माथी पत्रकारले निगरानी गरेका थिए । कार्यालय परिसरमा पुगेका सञ्चारकर्मीलाई आफु काठमाण्डौं जादै गरेको र महत्वपुर्ण पत्र तयार पार्नका लागी केही समय कार्यालय खोल्नुपरेको उनले बताए । तर दलबल र शंकास्पद व्यक्ति सहित बिदाको दिन कार्यालय पुगेका गुप्ताको नियत अरु नै रहेको श्रोतले जनाएको छ । बिदाको दिन कार्यालय खोल्नु कारण बारे जिज्ञासा सहित उनलाई टेलिफोन सम्पर्क गर्दा सिमराबाट सञ्चालन हुने अनलाईन पल खबरका समाचार प्रमुख शारदा पोखरेललाई उनको धम्की पुर्ण भाषा प्रयोग गरेका छन् ।
पटक पटक फोन सम्पर्क गरी आफुलाई गाली गौज र धम्कीपुर्ण भाषा प्रयोग गरेको पत्रकार पोखरेलले बताएकी छन् । यस्तै स्थानिय पत्रिका कृपा तथा जनता टेलिभिजनका संवादाता अनिल तिवारीलाई गालीगौज सहित आर्थिक लाञ्छना समेत लगाएका छन् । शनिवार दिउ“सो कार्यालय परिसरमा पुगेकी सिमराबाट प्रशारण हुने रेडियो समर्पणकी समाचार प्रमुख सुप्रिया ढकाललाई टेलिफोन मार्फत अपशब्द प्रयोग गरि आर्थिक लाञ्छना समेतको आरोप लगाएका छन् ।
यता नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकारहरु माथी मालपोल कार्यालय सिमराका प्रमुखले गरेको दुव्र्यवहार प्रति घोरनिन्दा गर्दै कारबाहीको माग गरेको छ । महासंघ बाराका अध्यक्ष कमल उपाध्यायद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, “समाचार सम्प्रेषणको कारण देखाई गरिएको महासंघ आवद्ध पत्रकार माथीको गाली गौज र धम्की पुर्ण भाषाको निन्दापुर्ण छ, यसर्थ यथासिघ्र कारबाहीको माग गर्दछौं ।” यता बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको छानबिन गरी यथासिघ्र कारबाही प्रकृया अघि बढाईने बताएका छन् ।















