लाखौ दर्शकलाई झुमाउदै सकियो चौथो विरगञ्ज महोत्सव
ए वान डेस्क /
पर्साको विरगञ्जमा आयोजित चौथो विरगञ्ज महोत्सव व्यापार मेला २०७५ सम्पन्न भएको छ । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभटाईजिङ्गको आयोजनामा विरगञ्जको घण्टाघरमा लगाईएको महोत्सव हिजो सम्पन्न भएको हो ।
महोत्सवमा झन्डै २०० वटा स्टल राखिएको थियो । महोत्सवमा बालबालिकाको लागी बाल उद्यानका साथै लत्ता कपडाका बिभिन्न स्टल देख्न सकिन्थ्यो । महोत्सवमा १ लाखभन्दा बढि दर्शकले सहभागिता जनाएको महोत्सव आयोजक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभटाईजिङ्गका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।
चौथो विरगञ्ज महोत्सव माघ २८ गतेदेखि शुरु भएको थियो । महोत्सवमा प्रत्यक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।
लाखौ दर्शकको सहभागितामा सम्पन्न चौथो विरगञ्ज महोत्सव सभ्य र भब्य रुपमा सम्पन्न भएको अध्यक्ष खड्गीले बताउनुभयो । ‘चौथो विरगञ्ज महोत्सव शुरु गर्दा निकै चुनौती थियो, यद्धपी ति सबै चुनौतीलाई चिर्दे हामाले महोत्सव सफल पार्यौ’ उहाले भन्नुभयो ।
सबैको साथ र सहयोगमा चौथो विरगञ्ज महोत्सव सफल्ता पुर्वक सम्पन्न भएकोभन्दै अध्यक्ष खड्गीले सबैलाई धन्यवाद दिनुभयो ।















