परवानिपुरमा नेकपाको क्षेत्रीय भेला सम्पन्न

ए वान डेस्क
१३ फाल्गुन २०७५, सोमबार १७:५०

ए वान डेस्क÷
बाराको परवानिपुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको क्षेत्रीय भेला सम्पन्न भएको छ । रौतहटको गरुडामा हुन विशाल जनसभाको पुर्व संध्यामा क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला आज परवानिपुर सम्पन भएको हो ।

नेकपाको प्रदेश कमिटिले यही फागुन २५ गते नेकपाका अध्यक्षद्धय केपि शार्मा ओलि र पुष्पकमल दहाल प्रचण्डको उपस्थितिमा गरुडामा बिशाल जनसभा गर्देछ । विशाल जनसभालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्ने बिषयमा आजको क्षेत्रीय भेलामा बृहत छलफल भएको नेकपाका युवा नेता उमेश कुशुवाहाले ए वान समाचारलाई जानकारी दिनुभयो ।

नेकपा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनरायण मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपाका केन्द्रिय सदस्य बलवीर चौधरी, केन्द्रिय सदस्य दिनेस राई, नेताहरु अनिल श्रेष्ठ, सुन्दर बि.क, सीता गुरुङ, गिता कडेल, राजन पौडेल, धरम देव, लाल बहादुर पटेल, अमर यादव, प्रेम बराल, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उप–प्रमुख सरस्वती चौधरी लगायतको उपस्थिति रहेको थियो । नेकपाका नेता मनोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवानले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा नेता लवकुश बैठाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*