नव निर्माण कन्ट्रक्सनद्धारा अपाङ्ग सेवा संघलाई सहयोग
ए वान डेस्क /
नव निर्माण कन्ट्रक्सन प्रा.ली सिमराले आज आफ्नो बार्षिक उत्सवको अवसरमा नेपाल अपाङ्ग सेवा संघ बारालाई सहयोग गरेको छ । एक कार्यक्रमकाबिच कन्ट्रक्सनले आज अपाङ्ग सेवा संघ बारालाई सहयोग गरेको हो ।
सहयोग स्वरुप अपाङ्ग सेवा संघ बारालाई आज ७ थान पंखा हस्तान्तरण गरिएको प्रा.ली.का संचालक रुपेश पोखरेलले ए वान समाचारलाई जानकारी दिनुभयो । संघको सभाहलमा आयोजित कार्यक्रमकाबिच संघका अध्यक्ष धन प्रसाद बजगाईलाई प्रा.ली.का संचालकद्धय रुपेश पोखरेल र शरद पराजुलीले संयुक्त रुपमा पंखा हस्तान्तरण गर्नुभएको हो ।
प्राप्त ७ थान पंखा संघको निर्माणाधिन दोश्रो तल्ले भवनका लागी प्रयोग गरिने संघका अध्यक्ष धन प्रसाद बजगाईले जानकारी दिनुभयो ।















