पर्यटन प्रर्वद्धन गर्न तिनै तहसंग समन्वय गर्नुपर्छ : अमृतलाल श्रेष्ठ
ए वान डेस्क /
जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको ११औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्थानीय, प्रदेश र केन्द्रसंग समन्वय गर्न सके ५ वर्ष भित्र पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उहाले बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जमा बढ्दै गएको जनावरको संख्याका कारण यस क्षेत्रमा घुम्ने पर्यटकको संख्या बढ्दै गएको बताउदै मध्यवर्ती क्षेत्रमा रहेको सामुदायिक बनले यस भुभागलाई पर्यटन प्रवद्धन गर्ने अभियानमा लागेको बताउनुभयो ।
मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुवेर न्योपानेको अध्यक्षतामासम्पन्न कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम जनहित उपभोक्ता समिति सिमराका संस्थापक अध्यक्ष मधुसुदन सिटौला, राधाकृष्ण सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष चोलाबहादुर पण्डित, भिमेश्वर सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष पेश्ल मुल्मी, जनजागरण सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष ताराबहादुर कार्की, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुवास हमाल, सशस्त्र प्रहरी बेस क्यामप जीतपुरका सशस्त्र प्रहरी निरिक्षक रामबहादुर बस्नेत, नेपाल राष्ट्रिय आधारभुत विद्यालय सिमरा ३ नरबस्तिका प्रअ सुब्बालाल श्रेष्ठ मुसहर्निमाई मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष माधवराज उपाध्याय, चोरीसिकारी नियन्त्रण युवा जागरण उपसमितिका उपाध्यक्ष ईन्दु सापकोटा, जनहितका सदस्य शोभा खतिवडा, सत्यनारायण कुँवर, दिल्लीबहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।
संस्थाले आफ्नो ११ औँ पार्षिक साधारण सभाको अवसरमा आफ्ना सदस्य मध्यका २ उत्कृष्ट विद्यार्थी छात्रा अन्जना खड्का र समिक्षा पाण्डे, र २ जना जेष्ठ नागरीक ९१ वर्षकी ठाकुरकुमारी थापा र ९२ वर्षका तत्बहादुर अर्याललाई सम्मान गरेको थियो । संस्थाका सचिव गंगा बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा मिरा ढकालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।















