करैयामाई तेश्रो पिपरा गोल्डकप : एपिएफ विजयी, काठमाण्डौ पराजित

नविन चौधरी
ए वान डेस्क
२० फाल्गुन २०७५, सोमबार २१:२५

ए वान डेस्क /

बाराको करैयामाई गाउपालिकामा जारी करैयामाई तेश्रो पिपरा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपिएफ विजयी भएको छ । वडा नम्बर ७ मा रहेको पंचगछिया मैदानमा भएको खेलमा धर्मस्थली युवा क्लब काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दे एपिएफ बर्दिवास विजयी भएको हो ।

एपिएफका लागी कुमार दोङ र मोनु थापाले एक एक गोल गरेका थिए । आयोजकका अनुसार आजको खेलको म्यान अफ द म्याच एपिएफ बर्दिवासका कुमार दोङ घोषित भए । सो अवसरमा दोङलाई सृजनशिल युवा क्ल्ब पिपराका सदस्य जगरनाथ चौधरीले मेडल प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत भोलिदेखि सेमिफाइनल खेल शुरु हुदैछ । पहिलो हुने पहिलो सेमिफाईनल खेलमा बारा ११ र सर्लाही ११ भिडने आयोजक क्लबका अध्यक्ष बृजमोहन चौधरीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

फागुन १५ गतेबाट शुरु भएको प्रतियोगिता २५ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*