साना किसान डुमरवाना : फागुन २६ गते अधिवेशनसहितको साधारणसभा हुने

ए वान डेस्क
२१ फाल्गुन २०७५, मंगलवार १२:१५

ए वान डेस्क /

साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको अधिवेशनसहितको साधारणसभा यही फागुन २६ गते हुने भएको छ । आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले फागुन २६ गते अधिवेशनसहितको साधारणसभा गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन २५ गते साधारणसभा गर्नेगरी संस्थाले आन्तरीक तयारी अघि बढाएको थियो । अधिवेशनसहितको साधारणसभाबाट नया सञ्चालक समिति चयन गर्न अहिले धमाधम सञ्चालक सदस्य छनोट गर्ने काम भईरहेको छ । प्राप्त जानकारी अनुसार सिमरा शाखा बाहेक सबै शाखामा सञ्चालक समितिको टुंगो लागिसकेको छ ।

सिमरा शाखाको पनि आज साझसम्म टुंगो लाग्ने बुझिएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना अन्र्तगत पाच ओटा शाखाहरु छन् । पाच वटा शाखामा ९ हजार ७ सय ५८ जना सेयर सदस्य छन् भने ९५ वटा अन्तर समुह रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*